ताप्लेजुङ केन्द्र भएर ५.४ रेक्टर स्केलको भूकम्प


२७ माघ २०७७, मंगलवार ११:०८ मा प्रकाशित

काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला केन्द्र भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७.३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प गएको क्षेत्र नेपालको ओलाङचुङगोला र चीनको सीमामा पर्दछ ।

भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका विभिन्न जिल्लामा गरिएको थियो ।

भूकम्पबाट अहिलेसम्क के कति क्षति भयो या भएन भन्ने विवरण नआएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here