पाल्पामा विद्युत् सर्ट भएर फर्निचर उद्योगमा आगलागी


२६ माघ २०७७, सोमबार १३:२५ मा प्रकाशित

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। स्थानीय युवराज रजालीको फर्निचर उद्योगमा सोमबार बिहान साढे चार बजे आगलागी भएको हो।

आगलागीबाट नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

फर्निचर उद्योगमा रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाइउडलगायत सबै सामग्री जलेर नष्ट भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको पचभैयाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here