तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बु हत्याको आरोपमा पक्राउ परेका छन् ।
आज बिहान ११ बजेको समयमा लिम्बुले घरायशी बादबिवादको कारण आफ्नै श्रीमती ४७ बर्षीया मईतरानी लिम्बुलाई बन्चरोले प्रहार गरी हत्या गरेका थिए । खवर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





