पूर्वी नाका काँकरभिट्टा खुकुलो भएसँगै सहज बन्दै


२५ माघ २०७७, आईतवार १५:०९ मा प्रकाशित

झापा । पूर्वी नाका काँकरभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ ।

नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा भने रोक लगाइएको छ ।

मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here