सभामुख सापकोटाले दायर गरेको मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाश ढुंगानाको बेञ्चमा


२५ माघ २०७७, आईतवार १०:४७ मा प्रकाशित

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले दायर गर्नुभएको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ ।

सभामुख सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासले गर्न लागेको हो।

सभामुख सापकोटाले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइएको छ। रिटमा संवैधानिक अंगका नवनियुक्त पाँच जना प्रमुख सहित ३२ जना सबैलाई विपक्षी बनाइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here