९९ कोरोना संक्रमित थपिए, ३४८ डिस्चार्ज


२४ माघ २०७७, शनिबार १७:३४ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ९५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार ८१२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here