उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित


२४ माघ २०७७, शनिबार १४:५५ मा प्रकाशित

काठमाडौं । उपत्यकाका ट्याक्सी व्‍यवसायी आन्दोलित भएका छन्। शनिबार आफ्ना ट्याक्सीसहित र्‍याली निकालेका व्‍यवसायीहरूले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन्।

यस्तै, व्‍यवसायीहरूले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन्।

वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन्।

राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरी व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी र्‍यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताए।

ट्याक्सी क्षेत्रलाई धराशायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ। ट्याक्सी व्यवसायीहरु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट र्‍यालीसहित माइतीघर मण्डलामा भेला भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here