अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार नाघ्यो


२३ माघ २०७७, शुक्रबार ११:२१ मा प्रकाशित

काठमाडौँ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५२३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ६६ हजार ९८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ६२७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७२ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७० लाख ३१ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९७ लाख ७५ हजार २७३ जनामध्ये २३ हजार १५९ जनाको अवस्था गम्भीर रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here