राष्ट्रिय महिला फुटबलमा आज वालिङ र चन्द्रपुर खेल्दै


२० माघ २०७७, मंगलवार ११:०४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ ।

वालिङ र चन्द्रपुर दुबै टोली दोस्रो जितको खोजीमा छन । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । उसको पाँच खेलमा पाँच अंक छ ।

५ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि आजको खेल जित्दै अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here