कांग्रेसका १३ भ्रातृसंस्थाले आज देशभर प्रदर्शन गर्दै


१९ माघ २०७७, सोमबार ०८:५० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले आज देशभर प्रदर्शन गर्दैछन् । प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा कांग्रेसका भ्रातृ संगठनले प्रदर्शन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय निर्णय अनुसार भ्रातृ संस्थाले सोमबार १३ संगठनले संयुक्त विरोध प्रर्दशन गर्दैछन्। ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको कांग्रेसले जनाएको छ।

प्रतिनिधिसभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको भ्रातृ संस्थाले जनाएका छन्। भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here