एलिना गुरुङलाई ‘नेपाल स्टार’को उपाधि


१८ माघ २०७७, आईतवार ०८:५४ मा प्रकाशित

काठमाडौं। रियालिटी शो नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन्। उपाधिसँगै विजेता गुरुङले ३५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।

सबैभन्दा ठूलो गायन प्रतियोगिता नेपाल स्टारको पहिलो विजेताको छनोट नेपाल टेलिभिजनबाट भएको हो। देशभर गरिएको अडिशनबाट छनोट भएका १ शय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनोटका लागि चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट गुरुङ विजेता घोषित भएकी हुन्।

शनिबार बेलुका ६ बजेसम्म दर्शकहरुको भोटिङका आधारमा बिजेता घोषणा गरिएको थियो। सातै प्रदेशमा अडिसन गरी १ सय ८० जना प्रतिश्पर्धी छनौट गरिएको थियो।

प्रतियोगितामा सर्वोत्कृष्ट भएकी गुरुङलाई ३५ लाख नगद पुरस्कार प्रदान गरिएको छ भने अन्य ३ जना प्रतियोगिलाई जनही ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here