प्रधानमन्त्रीको विरोधमा आज चितवनमा टायर बालेर विरोध


१७ माघ २०७७, शनिबार १३:२५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा आज चितवनमा टायर बालेर विरोध गरीएको छ ।

संसद विघटनपछि पहिलो पटक चितवन जान लाग्नुभएका प्रधानमन्त्री ओलीका विरुद्ध नेकपाकै दाहाल नेपाल समूहले टायर बालेर विरोध गरेको हो ।

बिहानैदेखि अनेरास्ववियू चितवन (दाहाल नेपाल समूह) का विद्यार्थीहरुले सरकारविरुद्ध पर्चा पम्प्लेटिङ देखि सडकमा टायर बालेर विरोध गरेका हुन् ।

उनीहरुले लायन्सचोक देखि पुल्चोक हुँदै पोखरा बसपार्क सम्म सडकभरि असंवैधानिक कदम खारेज गरे लगायत प्रधानमन्त्री ओलीविरुद्ध नारा लेखिएको पर्चा छरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here