दक्षिणी सागरमा चीनको सैन्य अभ्यास जारी


१४ माघ २०७७, बुधबार ०९:३२ मा प्रकाशित

चीनले दक्षिणी सागरमा सैन्य अभ्यास जारी राख्ने स्पष्ट पारेको छ । अमेरिकी विमान बाहक समूहले सो समुद्री सागरमा यात्रा गरेको उजुरी परेलगत्तै चीनले सैन्य अभ्यास जारी राख्ने जनाएको हो ।

चीनको समुद्री सुरक्षा प्रशासनले जारी गरेको सूचनामा यही जनवरी ३० सम्म दक्षिण पश्चिम चीनको लिजौ प्रायद्वीपको पश्चिमतर्फको केही भागमा प्रवेशमा रोक लगाएको थियो ।तर सो क्षेत्रमा सञ्चालन हुने सैन्य अभ्यासका बारेमा यसअघि खुलाइएको थिएन ।

अमेरिकी सेनाको टोलीले दक्षिणी चीनको सागरमा समुद्री स्वतन्त्रता बढाउन जल यात्रा गरेको चीनले जनाएको छ । राष्ट्रपति जो बाइडेनले पद सम्हाले लगत्तै अमेरिकी सेनाले सो क्षेत्रमा अनधिकृत रुपमा प्रवेश गरेको चीनको आरोप छ ।

चीनले भने आफ्नो ऐतिहासिक सीमाक्षेत्रको आधारमा समुद्रमाथिको सार्वभौमिकता आफ्नो रहेको दावी गर्दै आएको छ । चीनले आफ्नो तटमा गार्ड सुरक्षा दस्ता र समुद्री मिलिसियालाई तैनाथ गरेको जनाएको छ । सो क्षेत्रमा भियतनाम, मलेसिया, ताइवान, फिलिपिन्स र ब्रुनाइलगायतले पनि दावी गरेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here