झापा । पूर्वपश्चिम राजमार्गको झापाको शिवसताक्षीस्थित किराँत चोकमा नेकपा विप्लव समूहका कार्यकर्ताले सार्वजनिक बस तोडफोड गरेका छन् ।
शनिबार दिउँसो धरानबाट काँकरभिट्टा तर्फ आउँदै गरेको बा. ४ ख ८८९७ नम्बरको गजुरमुखी यातायातको बस तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दिउँसो १२ बजे बस रोकेर तोडफोड गर्दा अगाडिको भाग र झ्यालका सिसा फुटेका छन् ।
विप्लप समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा सोही पार्टीका कार्यकर्ताले बस तोडफोड गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।





