न्युकासलमाथि आर्सनलको सहज जित


६ माघ २०७७, मंगलवार ०९:१९ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

सोमबार राति भएको खेलमा आर्सनलले न्युकासललाई ३, ० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे । बुकायो साकाको नाममा एक गोल रह्यो ।

जितसंगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ । आर्सनलले १९ खेलमा २७ अंक जोडेको छ । न्युकासल १९ अंकसहित १५औँ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here