भारतीय पत्रकार अर्नव गोस्वामीलाई तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण


२४ कार्तिक २०७७, सोमबार ११:२० मा प्रकाशित

एजेन्सी । एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोपमा थुनामा रहेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बईस्थित तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण गरिएको छ।

अलिबागस्थित क्वारेन्टिनका रुपमा राखिएको ठाउँमा आफूलाई निर्ममतापूर्वक पिटिएको र कसैलाई भेट्न नदिएको गोस्वामीले बताएपछि उनलाई स्थानान्तरण गरिएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।

सन् २०१८ को मेमा आत्महत्या गरेका इन्टेरियर डिजाइनर अन्भय नाइक र उनकी आमा कुमुद नाइकको प्रकरणमा गत बुधबार पक्राउ परेका गोस्वामीको मुद्दा बम्बे उच्च अदालतमा सुनुवाई भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here