काठमाडौं । आइतबार २ हजार ८१२ जना संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म १ लाख ५७ हजार ९२६ जना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
आइतबार थप २ हजार ८१७ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १ हजार १६६ महिला र १ हजार ६५१ पुरुष गरि थप २ हजार ८१७ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ७१० महिला र ८२३ पुरुष गरि १ हजार ५३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ संक्रमित फेला परेको जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।
कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ भने हालसम्म ११०८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा हाल ३५ हजार ४१९ जना आइशोलेशनमा छन् भने ११४९ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा हालसम्म १५ लाख ४० हजार ७७ वटा पिसिआर गरिएको छ ।





