अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडेनको अग्रता कायमै


२२ कार्तिक २०७७, शनिबार ०९:२० मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

हाल मतगणना भइरहेका पाँच राज्यहरूमध्ये ६ इलेक्टोरल भोट रहेको नेभडामा बाइडेनले अग्रता कायमै राखेका छन् । फक्स न्यूजका अनुसार त्यहाँ ४९ दशमलव ८ प्रतिशत र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प ४८ प्रतिशत मत प्राप्त गरेका छन् । ट्रम्पभन्दा बाइडेन यहाँ २२ हजार हाराहारी मतले अघि छन् ।

यस्तै २० इलेक्टोरल भोट रहेको पेन्सिनभेनियामा पनि बाइडेन नै अघि छन् । यो राज्यमा बाइडेन ४९.६ प्रतिशत र ट्रम्प ४९.३ प्रतिशत मतका साथ प्रतिस्पर्धामा छन् ।

१६ इलेक्टोरल भोट रहेको जर्जियामा पनि बाइडेनले अग्रता कायम गरेका छन् । ट्रम्पले अग्रता कायम गरेको यो राज्यमा पछिल्लो २४ घण्टायता बाइडेनले झिनो मतले अग्रता कायम गरेका छन् ।

त्यहाँ १ प्रतिशतको अन्तरले बाइडेन अघि छन् । जर्जिया राज्यको कानून अनुसार ०.५ प्रतिशतको मात्र मतान्तर भएमा त्यहाँ फेरि मतगणना हुन सक्छ ।

१५ इलेक्टोरले भोट रहेको नर्थक्यारोलिनामा भने ट्रम्प अघि छन् । यस्तै ३ इलेक्टोरल भोट रहेको अलास्कामा पनि ट्रम्पले नै अग्रता कायम गरेका छन् ।

यी स्थानमा ट्रम्पले जिते पनि राष्ट्रपति बन्न सम्भब हुने छैन । उनलाई राष्ट्रपति बन्न हाल बाइडेनले अग्रता कायम गरेका राज्यमा जित आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here