काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ९०९ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।
शुक्रबार थप ४ हजार ५०० जना संक्रमित निको भएका छन् । हालसम्म १ लाख ५२ हजार ९०८ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ गरेको छ । त्यस्तै क्वारेन्टाइनमा १ हजार २५४ जना रहेका छन् । हालसम्म १५ लाख १७ हजार ३४३ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।





