प्रधानमन्त्री केपी शर्मा ओली र नरवणे बीच भेटवार्ता


२१ कार्तिक २०७७, शुक्रबार १४:५१ मा प्रकाशित

 

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

तीन दिने भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले बालुवाटारमा प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका हुन् । भेटमा दुईपिक्षय सम्बन्धका बारेमा कुराकारी भएको बताइएको छ । दुई देशको सैन्य सम्बन्ध र रक्षा सहकार्यबारे छलफल भएको बुझिएको छ ।

भेटमा प्रधानमन्त्रीसँगै विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी जनाएका थिए भने नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएका थियो ।

यसअघि नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको थियो । उनले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here