भिरबाट लडेर तेह्रथुममा एकको मृत्यु


२० कार्तिक २०७७, बिहीबार ११:५९ मा प्रकाशित

तेह्रथुम । तेह्रथुम म्याङलुङ–९ सम्फरजुङ बस्ने ४१ बर्षीय बासुदेव लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो साझ सोही स्थानमा रहेको जंगलमबाट दाउरा लिई घरतर्फ आउने क्रममा लिम्बु एक्कासी भिरबाट लड्दा उनको मृत्यु भएको भनि आफन्तले हिजो अपरान्ह साढे ४ बजे प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here