झापामा थप पाँच जना स्थानीयमा कोरोना संक्रमण पुष्टि


२७ आश्विन २०७७, मंगलवार २०:१० मा प्रकाशित

झापा । पछिल्लो २४ घण्टामा झापामा थप पाँच जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा दुई महिला र तीन पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका दुई महिला एक पुरुष कमल र गौरादहका एक–एक पुरुष गरि पाँच जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित सबै स्थानीय रहेका छन् ।

झापामा हाल २०८ जना कोरोना संक्रमित उपचारत छन् । झापामा कुल संक्रमितको संख्या ११२६ पुग्दा ९०६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । आजसम्म झापाका १२ जना संक्रमितको निधन भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here