घट्यो सुनको मूल्य


२७ आश्विन २०७७, मंगलवार १२:०० मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्य घटेको छ ।

सोमबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार छापावाल सुन ५०० रूपैयाँले घटेको छ । आज छापावाल सुन प्रति तोला ९५ हजार १०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रूपैयाँले घटेर १२२५ रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here