काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तानमा तालिबान विद्रोहीविरुद्धको कारबाही झनै सशक्त बनाएको छ।
अफगान सरकारलाई सहयोग गरिरहेको अमेरिकी सेनाले दक्षिणी हेलमण्ड प्रान्तमा तालिबानविरुद्धको कारबाहीलाई तीब्र पारेको हो।
केही दिनयता तालिबान विद्रोहीले विभिन्न सुरक्षा पोष्टमाथिको आक्रमण बढाएपछि अमेरिकी सैनिकले आक्रामक रुपमा कारबाही थालेका जनाइएको छ।
प्रान्तीय राजधानी लस्कर गाह नजिक तालिबानले निरन्तर आक्रमण गर्दा १५ सय भन्दा बढी परिवार विस्थापित भएका छन्। अमेरिकी सैनिकले हेलमण्ड प्रान्तका थुप्रै संकास्पद क्षेत्रमा कारबाही गरिएको बताएको छ।
अमेरिकी सैन्य प्रवक्ता कोलोनेल सोनीले तालिबानले तत्काल कारबाही नरोके हेलमण्ड प्रान्तमा सरकारी स्तरको कारबाही अझै सशक्त बनाउने बताएका छन्। ्
केही दिनअघि अमेरिकाको मध्यस्थतामा कतारको राजधानी दोहामा अफगान सरकार तालिबान विद्रोही बीच वार्ता भएको थियो। वार्ता सकारात्मक नभएपछि अफगानिस्तानमा फेरि द्धन्द्ध चर्किएको हो।





