नेपालमा थपिए ४ हजार ४७ जना नयाँ संक्रमित


२६ आश्विन २०७७, सोमबार १६:३१ मा प्रकाशित

काठमाडौं । बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको छ ।

हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १४ सय ७३ छ। संस्थागत आइसोलेसनमा १३ हजार ९२३ सय ४९ जना रहेको पनि प्रवक्ता गौतमले बताए।

त्यस्तै, होम आइसोलेसनमा रहने संक्रमितको संख्या १९ हजार ९ सय ५७ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here