झापा । दशैं तिहार विशेष गीत ‘चङ्गा उडाउने हो’ सार्वजनिक भएको छ ।
लिला शिवाकोटी र किशोर शिवाकोटीको स्वर रहेको गीतमा निरोज लामाको संगित रहेको छ । गीतमा शब्द कृष्ण उदासिको रहेको छ ।
गीतको भिडियोमा भने भिमफेदि गाइज, प्रियाना आचार्य र कमलमनि नेपालको प्रस्तुति देख्न सकिन्छ ।
भिडियो के के म्युजिकको आधिकारिकि युटुब च्यानलबाट रिलिज गरिएको हो । भिडियोमा नेपालीहरुको महान् पर्व दशैं तिहारको महत्व र विशेषगरि गाउँघरमा दशैं तिहार कसरी मनाइन्छ भन्ने कुरालाई देखाउन खोजिएको छ ।





