पालुवा मिडिया प्रालिको प्रस्तुति ‘तिमी विनाको जीन्दगी’ सार्वजानिक


१७ आश्विन २०७७, शनिबार १२:११ मा प्रकाशित

झापा । पालुवा मिडिया प्रालिद्धारा निर्मित पहिलो म्युजिक भिडियो ‘तिमी विनाको जीन्दगी’ रिलिज भएको छ ।

उक्त म्युजिक भिडियो शुक्रबार पालुवा मिडियाको आधिकारिकि युटुब च्यानलबाट रिलिज गरिएको हो । भिडियोमा हाम्रो समाजमा देखिएको विवाहको समस्या र यसको महत्वलाई नजिकबाट देखाउन खोजिएको छ ।

भिडियोमा पदम बहादुर रिकिमी मगर, सृजना वानेम र रयानि खालिङ राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गोपाल प्रसाईको शब्द, संगित तथा स्वर रहेको गीतमा मोहित मुनालले संगित संयोजन गरेका छन् । गीतको भिडियो छायांकन तथा सम्पादन शेखर खालिङ, संयोजक दिपेन भेट्वाल, निर्माण सुनिता तामाङ र निर्देशन श्याम बहादुर राईले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here