बायर्नका स्ट्राइकर लेवोन्डस्कीलाई प्लेयर अफ द इयर अवार्ड


१६ आश्विन २०७७, शुक्रबार १२:३३ मा प्रकाशित

काठमाडौं । जर्मन फुटबल क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवोन्डस्की यूएफा प्लेयर अफ द इयर अर्वार्डबाट पुरस्कृत भएका छन्।

सन् २०१९–२० को फुटबल सिजनका सर्वोत्कृष्ट खेलाडीहरूलाई यूएफाले विभिन्न विधामा बर्सेनि पुरस्कार दिँदै आएकोमा यस वर्ष ३२ वर्षीय लेवोन्डस्की पुरूषतर्फको सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन्।

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन प्रमुख तीन उपाधिहरू–जर्मन बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो। गएको सिजनमा ५५ गोल गरेका लेवान्डोस्कीले फरवार्ड अफ द सिजन अवार्ड समेत जित्न सफल भए।

बायर्नको वर्चस्वता रहेको अवार्डमा बायर्नकै जोसुवा किमिचले डिफेन्डर अफ द इयर अवार्ड जिते भने म्यानुएल नुएरले गोलकिपर अफ द इयर अवार्ड हात पारे। मिडफिल्डर अफ द इयर पुरस्कार म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएनले पाए। सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड पनि बायर्नकै हान्सी फ्लिक हात पारे।

महिलातर्फको यूएफा प्लेयर अफ द इयर अवार्ड भने पेर्निल हार्डरले जितिन् । चेल्सी तथा आइभोरी कोस्टका पूर्व फरवार्ड डिडिए ड्रोग्बालाई यूएफा प्रेजिडेन्ट्स अवार्डबाट सम्मान गरियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here