काश्मिरमा तीन भारतीय सैनिक मारिए


१६ आश्विन २०७७, शुक्रबार ०८:३९ मा प्रकाशित

एजेन्सी । भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय सैनिक मारिएका छन्।

भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिकहरु मारिएको बताए। उक्त घटनामा थप ४ सैनिक घाइते भएका छन्।

भारतीय सेनाका तर्फबाट पनि कडा प्रतिकार गरिएको प्रवक्ता कालियाले बताए। पाकिस्तानले भने भारतीय सैनिकले उक्त क्षेत्रमा जारी युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here