मृत्यु हुनेको संख्या १० लाख नाघ्यो : विश्वभर ३ करोड ४४ लाख भन्दा धेरै कोरोना संक्राित


१६ आश्विन २०७७, शुक्रबार ०८:२२ मा प्रकाशित

काठमाडौं । विश्वभर एकै दिन ३ लाख १५ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा संक्रमण भएको छ । त्यसमध्ये ३ लाख १५ हजार ३१ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

यस्तै एकै दिन थप ८ हजार ८४३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजार ४८९ पुगेको छ ।

एकै दिन २ लाख ३१ हजार ५३९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ५६ लाख ५७ हजार ४७९ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २३ हजार २२५ जनाको मृत्यु भएको छ । ५० लाख ९३ हजार ८६८ जना संक्रमित भएकोमा २५ लाख ५९ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १२ हजार ४७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८९ लाख ५१ हजार ३५ पुगेको छ । त्यसमध्ये ५७ लाख ८८ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९६ हजार ५३७ जनाको मृत्यु भएको छ । १ करोड ७ लाख ५१ हजार ७७२ जना संक्रमित भएकोमा ९० लाख ३१ हजार ८६९ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here