झापाको कनकाईमा कोरोना संक्रमणका थप एक व्यक्तीको निधन


११ आश्विन २०७७, आईतवार १०:०८ मा प्रकाशित

झापा । कोरोनाको कारण झापाको कनकाई नगरपालिका वडा नं. ९ का ४६ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ  उनलाई बिहिबार कोरोना पुष्टि भएपछि भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई थप उपचारका लागि कोशी कोरोना अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको कनकाई नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पताल लगिएको र उनको त्यही मृत्यु भएको स्वास्थ्य शाखाले बताएको छ ।संक्रमित ती पुरुषमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या रहेको बताइएको छ ।

योसँगै कनकाई नगरपालिकामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कनकाईकी ४५ वर्षीया महिलाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here