विर्तामोड । मेची स्पेशलिङ्क केवल टिभी नेटवर्क प्रा.लि.ले शनिबार रजत जयन्ती मनाएको छ । स्थापनाको २५औं वर्ष पुगेको उपलक्ष्यमा कम्पनीले विर्तामोडमा रहेको केन्द्रीय कार्यलयमा रजत जयन्ती मनाएको हो । रजत जयन्तीको अवसरमा २०७२ देखि २०७७ साल सम्म “भ्रमण वर्ष कर्मचारी” घोषणा भएका कर्मचारीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
कम्पनीले २०७२ सालमा “भ्रमण वर्ष कर्मचारी” छनोट भएका बरिष्ठ संकलक सन्जय राई, २०७३ मा जनसम्पर्क अधिकृत कृष्ण प्रसाद कुईकेल, २०७४ मा संकलक मान प्रसाद चापागाईं, २०७५ मा संकलक किसोर कन्दङ्वा र २०७६ सालमा “भ्रमण वर्ष कर्मचारी” छनोट भएका कम्पनिका बरिष्ठ प्राविधिक विनोद शाहलाई सम्मान पत्र हस्तनान्तरण गरेको थियो । त्यस्तै कन्काई केवल नेटवर्कका मुख्य प्राविधिक दिलकुमार प्रदानलाई पनि २०७६ को “भ्रमण वर्ष कर्मचारी” को रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा यो वर्ष २०७७ को “भ्रमण वर्ष कर्मचारी” को रुपमा कनकाई केवल नेटवर्क प्रा.लि.का तिलक रम्तेल र मेची स्पेशलिङ्कका प्राविधिक मनोज शर्मालाई पुरस्कृत तथा सम्मान गरिएको थियो । कम्पनीले प्रत्येक वर्ष छनोट हुने कर्मचारीहरुलाई भ्रमण खर्च स्वरुप नगद २० हजार सहित प्रमाण पत्र प्रदान गर्दै आएको छ । कन्काई केवल नेटवर्क प्रा.लि.ले पनि गत वर्ष २०७६ बाट “भ्रमण वर्ष कर्मचारी” छनोट गर्दै आएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष मनोज उप्रेतीले दृण्ताकासाथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका थिए । उनले कर्मचारीको भविष्यप्रति कम्पनी सदै जिम्मेवार रहने बताए । अध्यक्ष उप्रेतीले प्रविधि, समय र राज्यको नीति अनुरुप परिवर्तित कार्यशैलीमा कम्पनी अघि बढ्ने धारण राखेका थिए ।

कम्पनीका संचालक सदस्य राम कुमार बुढाथोकीले औचित्यमाथी प्रस्ट पार्दै स्वागत गर्नु भएको कार्यक्रममा डोईन टिभी नेटवर्कका प्रबन्ध निर्देश कृष्ण खरेल, कनकाई केवल नेटवर्कका इन्चार्ज नैनसिंह बस्नेत, डिल्ली शिवाकोटी, सयपत्री एसएस की संचालीका सरला उप्रेती, सूर्योदय टेलिभिजनकी समाचार बाचिका चन्दा पौडेल लगायतले शुभकामना व्यत्त गरेका थिए । सूर्योदय टेलिभिजनका कर्पोरेट डाइरेक्टर याम बिमलीले संचालन गरेको कार्यक्रममा कम्पनीका संचालक सदस्यहरु युवराज दाहाल, नवराज दाहाल, टंक गौतम लगायतको उपस्थीति थियो । कार्यक्रममा मेची स्पेशलिङ्क केवल टिभी नेटवर्क प्रा.लि. र कन्काई केवल नेटवर्क प्रा.लि.मा आवद्ध कर्मचारीहरुको सहभागीता थियो ।





