झापामा ७ सहित नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण


१० आश्विन २०७७, शनिबार १८:१९ मा प्रकाशित

काठमाडौं । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४११ महिला र ७९६ पुरुष गरि नेपालमा थप १२०७ जनामा कोरोना पुष्टि भएको हो । शनिबार काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १९९ महिला र ३८४ पुरुष गरि ५८३ जना, भक्तपुरमा २८ महिला र ३५ पुरुष गरि ६३ जना र ललितपुरमा ३७ महिला र ४१ पुरुष गरि ७८ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १८३४१ जना रहेका छन् । शनिबार ११४७ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३०१३ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल क्वारेन्टाइनमा ६३३१ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १०,५०८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ७८३३ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख ७८ हजार २०४ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here