रुपन्देहीको विभिन्न स्थानमा वस्तीहरु डुबानमा


१० आश्विन २०७७, शनिबार १४:०० मा प्रकाशित

बुटवल । गएराती भएको वर्षाले रुपन्देहीको विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् । अबिरल बर्षा संगै आएको बाढीले दर्जन बढी घर बगाएको छ ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ४ लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको बगाएको छ । बाढीले स्थानीय भुमिकला सुबेदिको घर अगाडि रहेको ५ बटा बाख्रा ३ ओटा बोका २ ओटा बाख्रा बगाएको छ ।

त्यस्तै दिपक बलामिको लु १० प ९३९ मोटरसाइकल र लु ३१ प ८७१० नम्बरको स्कुटि र इन्द्र बहादुर कार्कीको ११ ओटा कुखुरा सहितको खोर बगाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सुचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै केहि दिनदेखी लगातार परेको बर्षाका कारण तिनाउ नदीमा आएको बाढीले नदि कटान गर्दा ३ दिनमा बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगञ्ज मनकामना टोलमा ४ ओटा घर बगाएको छ । बाढीले स्थानिय पुरुषोत्तम पुरी, प्रेम कुमारी खाम्चा, उमेश हरीजन र मंगली नेपालीको घर बगाएको हो ।

बाढीले घरहरु भत्काएपछि उक्त क्षेत्रको प्रदेश सभा सदस्य तुलसी चौधरी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा नं. १७ का अध्यक्ष सन्त बहादुर राना र नेकपा नगरकमिटि अध्यक्ष बाबुराम पन्थी लगायतले अनुगमन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here