नेकपाका उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्यमा मनोनित


१ आश्विन २०७७, बिहीबार १५:४२ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जानेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो ।

राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रियसभामा खाली छ । २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका गौतमलाई नेकपाले राष्ट्रियसभामा पठाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here