अफगानिस्तानमा उपराष्ट्रपतिलाई लक्षित गरी बम विस्फोट, कम्तीमा १० जनाको ज्यान गयो


२४ भाद्र २०७७, बुधबार १४:३३ मा प्रकाशित

काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ ।

उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरेर गराएको बम विस्फोटमा सालेह र एक अफगानिस्तानको पूर्वगुप्तचर सेवा प्रमुखलाई सामान्य चोट लागेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने र घाइते हुनेहरुमा उपराष्ट्रपति सालेहका अङ्गरक्षकहरु पनि रहेका खबरमा उल्लेख छ ।

अफगानिस्तानका अधिकारी र तालिबानले पहिलो औपचारिक वार्ता सुरु गर्न तयारी गरिरहेको बेला बम विस्फोट भएको हो । सालेह तालिबानका मुख्य विरोधीको रूपमा चिनिनुहुन्छ तर तालिबानले भने आफूले बम विस्फोट नगराएको दाबी गरेको छ ।

बम विस्फोटपछि उपराष्ट्रपति सलेहले आफ्नो एउटा हात सामान्य जलेको जानकारी दिए । आफूलाई लक्षित गरी आक्रमण भए पनि उनले राजनीतिक यात्रा नरोकिने बताए ।

अफगानिस्तानका अधिकारीहरुले राजनीतिक सहमतिसम्म पुग्नका लागि कतारको दोहामा हुन लागेको वार्ता सुरु हुने र रक्तपातको अन्त्य हुने विश्वास लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here