नेपाल चलचित्रकर्मी संघ दर्ता


२३ भाद्र २०७७, मंगलवार १७:१२ मा प्रकाशित

झापा । नेपाल चलचित्रकर्मी संघ, प्रदेश १ दर्ता भएको छ ।चलचित्र क्षेत्रमा रहेका सबै विधालाई समेटेर गठन गरीएको संघ सोमबार सामाजिक विकास मन्त्रालय प्रदेश १ मा दर्ता गरीएको हो ।

नेपाल चलचित्रकर्मी संघको अध्यक्षमा केवल तामाङ रहेका छन् । समितिमा वरिष्ट उपाध्यक्ष सुवास मेचे, उपाध्यक्ष कुमार सिलवाल, सचिव रमेश तिवारी, सह–सचिव भगवती ढुङ्गेल, कोषाध्यक्ष डम्बर बहादुर विश्वकर्मा‘रोहन’ र सदस्यहमा हिमाल दाहाल,ज्ञानवहादुर सुव्वा, अनिता राई, सुमन तामाङ, रेखा लिम्बु, मनिता तामाङ, भावना मगर रहेका छन् ।

१३ जनाको समितिमा प्रदेश १का झापा, इलाम, पाँचथर, मोरङ्ग, सुनसरी, संखुवासभा लगायतका जिल्लाहरुबाट प्रतिनिधित्व गराईएको छ । चलचित्र क्षेत्रमा आवद्व रहेर काम गरीरहेकाहरुको हकहित र अधिकारका विषयमा चासो राख्दै संघ दर्ता गरीएको अध्यक्ष तामाङले बताए । संघले प्रदेश १ मा चलचित्र पर्यटन तथा यस क्षेत्रको विकास लागि सक्रीयरुपमा भूमिका खेल्ने जनाईएको छ । नेपाल चलचित्रकर्मी संघको मुख्य कार्यालय झापाको विर्तामोडमा रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here