काठमाडौं । नेपालमा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीका ४ बर्षिया बालिका, गोरखाकी ६५ बर्षिया महिला र रुपन्देहीकी ६८ बर्षिया महिला रहेका छन् ।
त्यस्तै झापाका ८६ बर्षिय पुरुष, रौतहतका ४० बर्षिय पुरुष, चितवनका ७८ बर्षिय पुरुष र भक्तपुरका ७७ बर्षिय पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
योसंगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या २२८ रहेको छ । हालसम्म २१,४१० जना डिष्चार्ज भएका छन् भने क्वारेन्टाइनमा ७,३३७ जना रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा सोमबार थप ८९९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३०३ महिला र ५९६ पुरुष गरि थप ८९९ जनामा कोरोना देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।





