स्याङ्जा । आइतबार बिहान ४ बजे स्याङजामा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट चापाकोट आउँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।
उपचारको क्रममा चापाकोट ९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको गह्रौ प्राथमिक अस्पताल वालिङले जनाएको छ ।
चापाकोट ९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल घाइते भएका छन् । उनीहरुलाई गह्रौ प्राथमिक अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।





