कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुग्यो : थप ८८४ जनामा कोरोना संक्रमणपुष्टि, मृत्यु हुनेको संख्या २०७ पुग्यो


१३ भाद्र २०७७, शनिबार १६:५८ मा प्रकाशित

काठमाडौं । नेपालमा थप ८८४ जनामा कोरोना संक्रमणपुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा २४२ महिला र ६४२ पुरुष गरि थप ८८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमित हुनेमा काठमाडौं उपत्यकाका १८६ जना रहेका छन् । काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ जना, ललितपुरमा १९ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

याोसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ । शनिबार ३१३ जना डिष्चार्ज भएका छन् । यो संगै कोरोना निको भइ डिष्चार्ज हुनेको संख्या २०,५५५ पुगेको प्रवक्ता गौतमले बताए ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा पाल्पाकी ३० बर्षिया महिला, काठमाडौंकी ५१ बर्षिया महिला र भक्तपुरकी ७२ बर्षिया महिला छन् ।

त्यस्तै पर्साका ४८ र ४९ बर्षिय पुरुष, सिराहामा ८४ बर्षिय पुरुष, गोरखामा ३८ बर्षिय पुरुष, कास्कीमा ५८ बर्षि पुरुष, काठमाडौंका ८३ बर्षिय पुरुष, ललितपुरका ७२ र ६१ बर्षिय पुरुष र भक्तपुरका ८२ बर्षिय पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १६५७८ जना रहेका छन् । हाल क्वारेन्टाइनमा ७,०३५ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here