कोरोनाका कारण थप १२ जनाको मृत्यु, कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो


१२ भाद्र २०७७, शुक्रबार १७:१० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । मृत्यु हुनेमध्ये मोरङकी ५६ वर्षीया र ६५ वर्षीया दुई महिला, महोत्तरी की ६४ वर्षीया एक महिला र मकवानपुरकी ७१ वर्षीया एक महिला रहेकी छन् ।

यस्तै उदयपुरका ५२ वर्षका एक पुरुष, पर्साका ७२ वर्षका एक पुरुष, धनुषाका ४५ वर्षका एक पुरुष, सिरहाका ५५ वर्षका एकजना पुरुष, झापाका ८३ वर्षका एक पुरुष, चितवनका ५१ वर्षका एक पुरुष, कास्कीका ५२ वर्षका एक पुरुष र रुपन्देहीका ६० वर्षको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनको संख्या १९५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here