कोरोनाका कारण कमल गाउँपालिका–३ का एक वृद्धको मृत्यु


१२ भाद्र २०७७, शुक्रबार ०७:५९ मा प्रकाशित

कमल ।  कोरोना संक्रमण देखिएका कमल गाउँपालिका–३ का एक वृद्धको मृत्यु भएको छ ।

उनको शुक्रबार बिहान सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए । ८३ वर्षीय ती वृद्धका दुवै मिर्गौला फेल भएको र लामो समयदेखि उपचारका क्रममा रहेको थुलुङले बताए ।

उनले विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए। उनी समुदाय स्तरमा कोरोना देखिने गाउँपालिकाका पहिलो व्यक्ति पनि थिए । उनीपछि कन्ट्याक ट्रेसिङ गर्दा उनकै परिवार सदस्यलगायत अन्य समुदायका व्यक्तिमा पनि कोरोना देखिएको थियो ।

यसअघि कोरोनाका कारण दमक नगरपालिकाका एक व्यक्तिको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। तर, उनी कोरोना संक्रमण देखिनु अघि नै काठमाडौंमा रहेका थिए ।

निषेधाज्ञा जारी
समुदाया स्तरमा कोरोना संक्रमण देखिएलगत्तै कमल गाउँपालिकाले लकडाउन गरेर कन्ट्याक ट्रेसिङको काम थालेको थियो । तर, संक्रमण झनै बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयलेनै निषेधाज्ञा समेत जारी गरी संक्रमण नियन्त्रणका लागि कडा प्रयास थालेको छ ।

पहिलो पटक जारी गरिएको निषेधाज्ञा शनिबारसम्म रहने छ। तर, संक्रमितको संख्या बढिरहेकाले अवस्था सहज भई नसकेको स्वास्थ्य शाखा प्रमुख थुलुङले बताएका छन् । कमल गाउँपालिकामा कोरोना संक्रमण देखिएका १० मध्ये तीनजना उपचारपछि घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here