काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय


१० भाद्र २०७७, बुधबार ०८:२६ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय भएको हो ।

स्रोतका अनुसार उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । यद्यपि प्रशासनले भने यसबारे केही बताएको छैन्। उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो । त्यही अनुसार गएराति अबेरसम्म बसेको बैठकले उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण भयावह बन्दै गएको भन्दै निषेधाज्ञा थप कडा पारिएको छ । निषेधाज्ञा थपिएसँगै सङ्क्रमितहरूका लागि आइसोलेसन सेन्टर बढाउन र प्रभावकारी ढङ्गले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताइएको छ । मर्निङवाक गर्नेदेखि दैनिक उपभोग्य वस्तु खरिदमा भीडभाड गर्नेलाई कारबाही सुरु गरिएको छ । त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्नेहरूमाथि सडक कारबाही पनि कडा पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here