आज ८५५ संक्रमित थपिए, जम्मा संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो


९ भाद्र २०७७, मंगलवार १६:३३ मा प्रकाशित

काठमाडौं । नेपालमा मंगलबार थप ८५५। जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here