धरानको वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु


३ भाद्र २०७७, बुधबार ०८:१४ मा प्रकाशित

काठमाडौं । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मोरङको बूढीगंगा–२ की उनको उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानले जनाएको छ। मंगलबार बिहान २ बजे अस्पताल भर्ना भएकी उनको साँझ पौने पाँच बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए।

उनका अनुसार मृतकको मुटुको रोगको उपचार हुँदै आएको थियो। सापकोटाले भने,’ खोकी, श्वास फेर्न मा समस्या र ज्वरो आएको थियो। विराट मेडिकलमा उपचार भइरहेको थियो। उनी अस्पतालबाट रिफर भएर यहाँ आएकी थिइन्।ु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here