पाटन अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु


२ भाद्र २०७७, मंगलवार ०९:२४ मा प्रकाशित

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा आज विहान एक जना ३८ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

प्रादेशिक अस्पताल भैरहवामा साउन २८ गते कोरोना पुष्टि भएको थियो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

अहिले उनको शव कसरी व्यवस्थापन गर्नेबारे छलफल भइरहेको अस्पतालले जनाएको छ।

बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दा जुल्दा लक्षण देखिएपछि परीक्षण गराउदा कोरोना पुष्टि भएको थियो।

विरामीको अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल भैरहवाले पाटन अस्पताल रेफर गरेको हो।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर दुई का स्थायी घर भएका उनी जिल्लाका कांग्रेस उपसभापति थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here