इलाम । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा मृत्यू भएका २२ वर्षिय युवकको कोरोना नेगेटिभ आएको छ ।
भारतको हैदराबादबाट गत २६ गतेदेखी क्वारेन्टाइमा रहेका उनको रिपोर्ट नेगेटिभ आएको हो । उनको गएराती मृत्यू भएको थियो । आज आएको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन बिपुल अधिकारीले जानकारी दिए ।
क्वारेन्टाइनमा मृत्यू भएका उनको कोरोनाकै कारण मृत्यू भएको आशंका भएपछि स्थानिय त्रसित भएका थिए । उनलाई हिजो बिहानैबाट स्वासप्रस्वासमा समस्या रहेको र बिहानैदखी खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाई छ ।
रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन पनि नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ ।





