सेभिया र सख्तर युरोपा लिगको सेमिफाइनलमा प्रवेश


२८ श्रावण २०७७, बुधबार १२:०५ मा प्रकाशित

काठमाडौं । युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।

मंगलबार राति भएका दुई खेलमा सख्तर डोनेक्स र सेभिल्ला सेमिफाइनलमा प्रवेश गरेसँगै समीकरण पूरा भएको हो। जर्मनीमा गएराति भएको खेलमा सख्तरले बसेलमाथि ४–१ को सहज जित निकाल्यो । सख्तरका जुनिएर मोराइसले खेलको दोस्रो मिनेटमा नै टोलीलाई १–० को अग्रता दिलाए। टाइसनले २२ औँ मिनेटमा अग्रता दोब्बर बनाए। खेलको ७४ औँ मिनेटमा एलन प्याट्रिकले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जिततर्फ अगाडी बढाए। र डोमिल्सन कोरडिएरो डोस सान्तोसले ८८ औँ मिनेटमा गोल गर्दै सख्तरको फराकिलो जित पक्का गरे।

यस्तै गएराति नै भएको अर्को खेलमा उल्भसलाई १–० ले पराजित गर्दै सेभिल्ला पनि सेमिफाइनलमा प्रवेश गरेको छ। सेभिल्लाको जितमा खेलको ८८ औँ मिनेटमा लुकास ओकाम्पसले गरेको गोल नै निर्णायक बन्यो। अब सेमिफाइनलमा सेभिल्लाले म्यानचेष्टर युनाइटेडसँग खेल्ने छ। त्यस्तै सख्तर इन्टरमिलनसँग भिड्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here