डोटी दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्यो


२८ श्रावण २०७७, बुधबार ११:५६ मा प्रकाशित

डोटी । डोटीको पूर्वी चौकी गाँउपालिका वडा नं १ तल्लो फुलोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

धनगढीबाट अछामका लागी छुटेको ना ६ ख २५२९ नम्बर को गाडी आज बिहान ५ बजे तिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा बान्निगडि वडा नम्बर ३ का ५९ बर्षका पदम साउद , चौरपाटी गाउँपालिका सात मार्कुका ३१ बर्षका टिकाराम बिक, र कैलाली बस्ने आछामकी ५५ वर्षकी लक्षिमा बिक रहेका छन।

घाइते मध्येका ८ जनाको अबस्था गम्भीर रहेको बताइएको छ। घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पुर्याएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्र मल्लले बताए। प्रहरीका अनुसार बस सडकबाट सय मिटर तल खसेको बताइएको छ। उक्त बसमा ३५ जना सवार रहेका थिए । बर्खाको समय भएकाले बस चिप्लिएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here