काठमाडौं । पर्साको वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी एक महिलाको कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डाक्टर मदन उपाध्यायले बताए ।
डा.उपाध्यायका अनुसार उनी वीरगञ्ज १५ की ४५ वर्षकी महिला हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछि यही साउन २४ गते उनलाई नारायणी कोभिड विशेष अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।
उनको २४ गते उपचारको क्रमम मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको डा.उपाध्यायले बताए ।
डा. उपाध्यायका अनुसार ती महिलामा उच्च रक्तचाप र थाइराइडको समस्या समेत रहेको थियो । नारायणी अस्पतालको प्रयोगशालामा ती मृतक महिलासहित थप २२ जनामा कोरोना पुष्टि भएको डा.उपाध्यायले बताए ।





